stcnepal long ad
ime life insurance
national life
global ime bank long

अजोड इन्स्योरेन्सले चैत्र १५ पछि ३० करोडको आईपिओ जारी गर्ने तयारीमा 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

काठमाडौं । आगामी चैत्र १५ पछि अर्थात करिब डेढ महिनापछि निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सको ३० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) बजारमा आउने भएको छ । अजोड इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशनको लागि गत माघ २० गते नै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बोर्डले थप कागजात मगाएर अध्ययन गर्ने काम भइरहेको जनाएको छ ।
कम्पनीले ३० करोड बराबर ३० लाख कित्ता आईपिओको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गर्दै आवेदन दिएको छ । सो आईपिओलाई केयर रेटिङले ग्रेड ४ रेटिङ दिइसकेको छ । एनआईबिएल एस क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको अजोड इन्स्योरेन्सका सिईओ कमार बहादुर खत्रीले आईपिओको लागि धितोपत्र बोर्डमा आवदेन दिइएको र अनुमति पाउने वित्तिकै निष्काशन गर्न तयार रहेको बताए ।
सामान्यता बोर्डले एक देखि दुई महिनामा आईपिओको आवेदन स्वीकृत गर्ने गर्दछ । कागजात नपुगेको अवस्थामा भने थप समय पनि लिन सक्नेछ । बोर्डले थप कागजात नमागेको अहिलेको अवस्था हेर्दा आगामी चैत्र १५ पछि अजोड इन्स्योरेन्सले आईपिओका लागि प्रस्ताव आह्वान गर्न सक्ने देखिएको छ ।

IME Lifesidebar
kumari