stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

आमा घर सेवा आश्रमलाई ग्लोबल आइएमई बैंकको तीन लाख सहयोग

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौं । ग्लोबल आइएमई बैंकले आमाघर सेवा आश्रममा निर्माणाधीन भवनमा सोलार जडान गर्नका लागि ३ लाख रुपैयाँ सहयोग गरेको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड बाग्मती प्रदेशका डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले गत शुक्रबार आयोजित कार्यक्रममा आमाघर सेवा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेती तथा संरक्षक विजयराज सिग्देललाई ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
आमाघर सेवा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेतीले सामाजिक उत्तरदायित्वमा पहल गर्दै ग्लोबल आइएमई बैंक लिमिटेडले गरेको सहयोग प्रति धन्यवाद दिएका थिए । आमा घर सेवा आश्रमका संरक्षक विजयराज सिग्देलले बैंकले आश्रममा बस्ने बुढा आमाबुवाहरुका लागी अति आवश्यक तातोपानीका लागी सोलार जडान गर्नका निमित्त आर्थिक सहयोग प्रदान गरेकोमा ग्लोबल आइएमई बैंकलाई धन्यवाद व्यक्त गरेका छन । ग्लोबल आइएमई बैंक, आश्रमलाई आर्थिक सहयोग प्रदान गर्ने प्रथम बैंक भएको समेत जानकारी गरए ।
डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले बैंक पनि समाजकै अंग भएकोले यस्तै किसिमका सामाजिक उत्तरदायित्व निर्वाहका निमित्त सामाजिक कार्यक्रमहरुमा सहयात्री भई नै रहने जानकारी गराए ।
बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari