stcnepal long ad
ime life insurance
national life
global ime bank long

सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा छुट दिने भएको छ। कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्दा बीमितलाई लाग्ने ब्याजमा आज पुस १७ गतेबाट पुस २९ गतेसम्म ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो ।

यस कम्पनीबाट जारी गरिएका बीमालेखहरुमा पुस २९ गतेसम्म पुनर्जागरण गराउने बीमितलाई लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट प्रदान गरिने जनाइएको छ।

पाँच वर्ष ननाघेको बीमालेखमा ५० प्रतिशत, पाँच वर्ष नाघिसकेकालाई ३५ प्रतिशत छुट दिने जनाएको छ ।

यस्तो छुट बीमा अवधिभरि एकपटकमात्र पाइने हुँदा यसको सदुपयोग गरी आफ्नो बीमालेख सक्रिय बनाउन कम्पनीले आग्रह गरेको छ। २०८२ पुस १७ गतेभित्र परिपक्व हुने बीमालेखहरुमा भने यो छुट लागू नहुने कम्पनीले प्रस्ट पारेको छ।

prabhu mahalaxmi
kumari