stcnepal long ad
himalayan life insurance long ad

समृद्धि फाइनान्सको सेयर संरचना परिवर्तन हुँदै

सर्वसाधारणको स्वामित्व ४९ प्रतिशत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । समृद्धि फाइनान्सको सेयर संरचना परिवर्तन हुने भएको छ । पुँजी संरचनामा संस्थापक सूमहको ५१ प्रतिशत र  सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर  कायम  गरिने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको सेयर संरचनामा संस्थापकको ५९.३७ प्रतिशत र सर्वसाधारणको ४०.६३ प्रतिशत रहेको छ ।

गत मंसिर ६ गते सम्पन्न २३औँ वार्षिक साधारण सभाले पुँजी संरचनामा परिवर्तन गर्ने प्रस्ताव पारित गरिसकेको र नेपाल राष्ट्र बैंकबाट स्वीकृति दिइसकेको कम्पनीले जनाएको छ । साथै कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत अभिलेख भइसकेको कम्पनीको भनाइ छ ।

माघ २२ गतेसम्म वित्तीय संस्थाको रेकर्डमा संस्थापक सेयरधनी रहेको सेयरधनीहरूको सेयर संरचना परिवर्तन गरिने कम्पनीले जनाएको छ ।

वित्तीय संस्थाबाट सेयर नामसारी (सेयर खरिदबिक्रि, घरायसी नामसारी, मृत्यु नामसारी, अंशवण्डा आदि) स्वीकृति लिई सेयर नामसारी गर्न बाँकि रहेका संस्थापक सेयरधनीहरुलाई समयमा नामसारी गर्न कम्पनीले अनुरोध गरेको छ ।

साथै सेयर संरचना परिवर्तनमा आफ्नो नाममा रहेको सेयर परिवर्तन गर्न नचाहेमा वा गर्ने इच्छा नभएमा ३५ दिन भित्र कम्पनीको कम्पनीमा जानकारी गराउनुपर्नेछ ।

उक्त समयमा जानकारी नदिएमा कानुन बमोजिम तोकिएको अनुपातमा सर्वसाधारण समूहमा परिवर्तन गरिने कम्पनीले जनाएको छ ।