sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

एलआईसी नेपालको हकप्रदमा आवेदन दिने अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले मंसिर १२ गतेदेखि निष्कासन गरेको ८८.४५ प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (पुस १७ गते) अन्तिम दिन रहेको छ।

यसअिघ पुस २ गतेसम्म निष्कासन मिति तय गरेको कम्पनीले १५ दिन अवधि थप गर्दै पुस १७ गतेसम्मको मिति कायम गरेको थियो। जुन अवधि आज बैंकिङ्ग समयपश्चात् सकिनेछ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो।

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कात्तिक ९ गते एक दिन बुक क्लोज गरिएको थियो। बुक क्लोजको आधारमा कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

gold
prabhu bank
nawakantipur long