sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

नागरिक लगानी कोषले ३० औं वार्षिक साधारण सभा पुस २९ गते

साधारण सभामा कोषले कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नागरिक लगानी कोषले ३० औं वार्षिक साधारण सभा पुस २९ गते बोलाएको छ ।साधारण सभामा कोषले गत वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २२ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ पुस २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश हात पार्न सक्नेछन् ।
साधारण सभा, कोषको केन्द्रीय कार्यालय, नयाँबानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

gold
prabhu bank
nawakantipur long