एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा पुस १ गतेसम्म आवेदन दिन सक्ने
काठमाडौं । एनएलजी इन्स्योरेन्सले ६२.५६ प्रतिशत हकप्रद सेयर मंसिर ११ गतेदेखि खुला गरिरहेको छ । कम्पनीले १०ः ६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
यस अनुसार १ सय अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ सय रुपैयाँ बराबरको हकप्रद सेयर खुला भएको देखिन्छ । यो हकप्रद सेयरमा लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त हकप्रद सेयरका लागि कम्पनीले कात्तिक २७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक २६ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।
यस हकप्रद सेयरको बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गरेको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल कमलपोखरी काठमाडौं र एनएलजी इन्स्योरेन्सको तोकिएको शाखा कार्यालयबाट हकप्रदमा आवेदन दिन सकिनेछ ।