citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५ लाख ३३ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५ लाख ३३ हजार ८६५ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (मंसिर २८ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले मंसिर २२ गतेदेखि यो सेयर लिलामीमा ल्याएको हो । यसमा न्यूनतम २२० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

gold
himalayan life insurance long ad