citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

ग्लोबल आइएमई बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न

साधारण सभाले ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा सम्पन्न भएको हो । साधारण सभाले ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले सञ्चालक समिति चयन गर्ने प्रस्ताव पारित गरेको छ । सभाले संस्थापकबाट तीन र सर्वसाधारणबाट अर्को तीनजना नयाँ सञ्चालकको चयन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गरेको छ । त्यस्तै, सभाले आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक पनि निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैंकले साधारण सभा प्रयोजनको लागि मंसिर १३ गते बुक क्लोज गरेको थियो । यस बुक क्लोजको आधारमा मंसिर १२ गते सम्म कायम शेयरधनीले उक्त लाभांश पाउन योग्य हुनेछन् ।

himalayan life insurance
igi long