citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

प्रभु लाइफको आईपीओलाई इक्रा नेपालको रेटिङ

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । सर्वसाधारणका लागि प्रभु लाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्न रेटिङ् सम्पन्न गरेको छ । यसइन्स्योरेन्सले ६० लाख कित्ता आईपीओको रेटिङ सम्पन्न गरेको हो । प्रभु लाइफको आईपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउने ग्रेड ४ रेटिङ् प्रदान गरेको छ ।

हाल कम्पनीले संस्थापकहरुबाट १ अर्ब ४० करोड रुपैयाँ शेयरपूँजी चुक्ता गरिसकेको छ । यो कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको तेस्रो त्रैमासमा नाफा ४५ प्रतिशतले वृद्धि भएको हो ।

गत आ.व.को तेस्रो त्रैमासमा उक्त कम्पनीले ३ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको जगेडा कोषमारू. १५ करोड ८८ लाख भन्दा बढी रकम रहेको छ ।

नयाँ जीवन बीमा कम्पनीको रूपमा कारोबार सञ्चालनको अनुमति पाएको कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गरि २ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्ने योजना बनाएको थियो । सोहि योजना बमोजिम कम्पनीले प्रकृया अघि बढाएको हो ।

gold
himalayan life insurance long ad
kumari bank