अष्ट्रेलियाबाट नेपाल एयरलाइन्सले ११ नेपाली नागरिक बोकेर आयो

आर्थिक सञ्जाल
काठमाडौं । अष्ट्रेलियाबाट ११ नेपाली नागरिक मंगलबार राति काठमाडौं उत्रिएका छन् । नेपाल एयरलाइन्सको विमान मार्फत उनीहरु राति ११ बजेर १५ मिनेट जाँदा काठमाडौं आइपुगेका हुन् ।
अष्ट्रेलिया, न्यूजिल्याण्ड लगायत बिभिन्न मुलुकका नागरिकहरुलाई लिएर अष्ट्रेलिया चार्टड उडान भरेको नेपाल एयरलाइन्स जम्मा ११ जना नेपाली बोकेर राजधानी क्यानबेराबाट नेपाल आएको हो । विमानको सिट क्षमता भने २ सय ७४ रहेको छ ।
अष्ट्रेलियाबाट आएका सबै ११ जनालाई यति पार्टी प्यालेस बसुन्धरा लगिएको छ । त्यहाँ उनीहरुको स्वास्थ्य परीक्षण पछि त्यही बनाइएको क्वारेन्टाइनमा उनीहरुलाई राखिने बताइएको छ । अष्ट्रेलियाबाट आउन चाहने नेपालीको संख्या १३ सय बढी भएपनि ११ जना मात्र लिएर आउँदा सरकारको सर्वत्र आलोचना हुन थालेको छ ।