stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको ‘रोमिङ’ सुविधा झन् सस्तो दरमा उपलब्ध

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको ‘रोमिङ’ सुविधा झन् सस्तो दरमा उपलब्ध हुन थालेको छ ।

विदेश जाँदा पनि टेलिकमकै सिमकार्ड प्रयोग गरेर कुराकानी र एसएमएस गर्न सकिने यो सुविधाको महसुल दर विगतको भन्दा धेरै कम गराइएको कम्पनीले जनाएको छ । त्यस्तै एसएमएस हेर्नका लागि कुनै शुल्क नलाग्ने कम्पनीले जानकारी दिएको छ ।

महसुल दर सस्तो भएपछि केही समयका लागि विदेश जाने वा विदेशमा बसेर पनि नेपालकै सिममार्फत बैङ्क खाता चलाउने टेलिकमको सिम निकै उपयोगी भएको कम्पनीको दाबी छ । अन्य देशको कुनै मोबाइल सेवा प्रदायकको सिम चलाउनुपर्ने झन्झटको समेत अन्त्य भएको कम्पनीले उल्लेख गरेको छ ।

रोमिङ सेवाको प्रभावकारी प्रयोगका लागि टेलिकमले आफू जान लागेको देशमा रोमिङ सेवा भए नभएको हेर्नुपर्ने, नेपालमै रोमिङ सेवा सक्रिय गर्नुपर्ने, सक्रिय गर्दा टेलिकमको वेबसाइटमा रहेको फारम डाउनलोड गर्नुपर्ने सुझाव दिएको छ ।

यसरी फारम भरिसकेपछि आफ्नो नागरिकता वा पासपोर्टको फोटोकपि र भरिएको फारम तोकिएको इमेल ठेगानामा पठाउनुपर्ने कम्पनीले जनाएको छ ।

यसरी इमेलमा पठाइसकेपछि टेलिकमले प्रिपेड सिमको हकमा सामान्य अवस्थामै रोमिङ सेवा सुचालु गर्छ भने पोस्टपेड मोबाइलको हकमा भने पाँच हजार रुपियाँ हुनु आवश्यक रहेको कम्पनीले जानकारी दिएको छ ।

रोमिङ सेवा उपलब्ध हुने देशको सूची टेलिकमले आफ्नो वेबसाइटमा उपलब्ध गराएको छ । विदेशमा गएर रोमिङ सेवा सक्रिय गर्नुपर्ने अवस्थामा टेलिकमले उपलब्ध गराएको रोमिङ सेवा सञ्चालनसम्बन्धी फारम भरेर इमेल गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका अनुसार प्रिपेड सिममा जतिसुकै रकम भए पनि आवश्यकता अनुसार रोमिङ सेवा चलाउन सकिन्छ । यसका लागि रकमको सीमा छैन ।

पोस्टपेड सिममा भएको ब्यालेन्स रकम घटेर तीन हजार रुपियाँभन्दा कम भयो भने रोमिङ सेवा चलाउन नसकिने कम्पनीले स्पष्ट पारेको छ ।

रोमिङ सेवा सक्रिय गराइसकेपछि विदेशस्थित दूरसञ्चार सेवा प्रदायकको नेटवर्कसँग जोडिनु पर्छ । सामान्य रूपमा आफैँ त्यस्तो नेटवर्कसँग जोडिने भए पनि त्यस्तो नभएको अवस्थामा नेटवर्क ‘सर्च’ गरेर पनि जोड्न सकिने कम्पनीले जनाएको छ ।

टेलिकमको रोमिङ सेवामार्फत अधिकांश देशमा फोन र एसएमएस मात्र उपयोग गर्न सकिए पनि भारतमा भने रोमिङ डेटा प्याकसमेत उपलब्ध रहेको टेलिकमले जनाएको छ । भारतमा उपलब्ध गराइएको डेटा प्याक कम मूल्यमै प्रयोग गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

IME Lifesidebar
kumari