citizens life insurance long ad

नेपाल टेलिकमले दसैं तिहार अफर उपलब्ध

एफटीटीएच प्याकेज जडानमा छुटका साथै जीएसएम प्रिपेड र पोस्टपेड मोबाइलमा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेज लगायतका सुविधा उपलब्ध

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको  अवसरमा  आफ्ना ग्राहकहरुका लागि दसैं तिहार अफर २०८३ उपलब्ध गराउने भएको छ ।

सो अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुटका साथै जीएसएम प्रिपेड र पोस्टपेड मोबाइलमा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेज लगायतका सुविधा उपलब्ध हुनेछन् ।

यस अफर अन्तर्गत असोज २५ देखि कार्तिक ३० सम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरुलाई जडान शुल्क (रु. ५००) मिनाहा गरिने छ ।

त्यसैगरी १००, १५० र २०० एमबीपीएसको नयाँ वार्षिक प्याकेज लिने ग्राहकहरुलाई एक महिना थप सहित १३ महिनाको प्याकेज उपलब्ध हुनेछ । यसमा बोनसको रुपमा उपलब्ध हुने मोबाइल डाटा समेत १३ महिना सम्म नै उपलब्ध हुनेछ । भर्चुअल सेट–टप बक्स सहितको प्याकेज लिने ग्राहकहरुका लागि रु. १००० छुट पहिले देखि नै उपलब्ध छ ।

अफर अन्तर्गत जीएसएम मोबाइल सेवाका ग्राहकहरुका लागि रु. ४९९ मा ५ जीबी फेस्टिभल अनलिमिटेड र रु. ६९९ मा १० जीबी  फेस्टिभल  अनलिमिटेड प्रिमियम  डाटा प्याकेज उपलब्ध हुनेछ ।

फेस्टिभल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन तोकिएको ५ जीबी डाटा भोल्युम खपत भैसकेपछि बाँकी समयावधि २ एमबीपीएस गतिमा र फेस्टिभल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन तोकिएको १० जीबी डाटा भोल्युम खपत भैसकेपछि बाँकी समयावधि ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सक्नु हुनेछ ।

यसका साथै रु. २५० मा १००० मिनेट अल–नेट भ्वाइस सुविधा सहितको जोयफुल मिनेट्स र रु. ९९ मा १००० अन–नेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत उपलब्ध हुनेछ । यी सबै प्याकेज प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।

आगामी २०८३ असोज ३० देखि कार्तिक ३० सम्म मोबाइलमार्फत प्याकेज खरिद गर्ने ग्राहकहरुले यो अफर अन्तर्गतको सुविधा लिन सक्नु हुनेछ । आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा ’नेपाल टेलिकम एप’ प्रयोग गरेर प्याकेजहरु खरिद गर्न सकिनेछ ।

विभिन्न पर्वहरुका अवसरमा उपलब्ध गराइने यसप्रकारका अफरहरुले चाडपर्वको समयमा अझ बढी सम्पर्कमा रहन, आफन्तसँग खुशी बाँड्न र डिजिटल सेवाहरुको प्रयोग बढाउन प्रोत्साहित गर्ने कम्पनीको विश्वास रहेको छ

IME Lifesidebar
kumari