stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ७० प्रतिशत हकप्रद सेयरपछिको समाजोजित भाउ ३११.१८ रुपैयाँ कायम गरेको छ । अब बुधबार सोही भाउलाई आधार मानेर नेपाल फाइनान्सको सेयर कारोबार खुल्नेछ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ४५९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

नेपाल फाइनान्सले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुधबार वैशाख २१ गते बुक क्लोज गर्दैछ । मंगलबार इदको अवसरमा सार्वजनिक विदा परेका कारण सोमबार वैशाख १९ गते सम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले धितोपत्र बोर्डबाट १ः०.७० अनुपातमा ३४ लाख ५४ हजार ४७४.२८ कित्ता हकप्रद बिक्री गर्न अनुमति पाइसकेको छ । अब छिट्टै हकप्रद सेयर निष्कासनको मिति पनि तय हुनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । हाल यस फाइनान्सको चुक्ता पुँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि भने चुक्ता पुँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ पुग्नेछ ।

IME Lifesidebar
kumari