stcnepal long ad
ime life insurance
national life
global ime bank long

विमानस्थलबाट सय ग्राम सुन मिक्सरमा लुकाएर ल्याएका युवक पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट सुनसहित एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मङ्गलवार बिहान करिब ७ बजे कुवेतबाट जजिरा एअर मार्फत काठमाडौं आएका एक यात्रुबाट सुन बरामद गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। रुपन्देहीका २८ वर्षीय सरोज कार्की पक्राउ परेका हुन्।

विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्ने क्रममा उनले ल्याएको मिक्सरको भित्री भागमा फल्स बटम बनाइ करिब १०० ग्राम सुनलाई बाहिर कालो टेपले बेरेर लुकाइ छिपाई ल्याएको फेला परेको भट्टराईले बताए।

भन्सार ऐन, २०६४ तथा आर्थिक ऐन, २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन लिएर आउँदा भन्सार कार्यालयमा घोषणा गरी भन्सार राजस्व तिरेर ल्याउन पाउने कानूनी व्यवस्था छ।

त्यसरी राजस्व तिर्दा १०० ग्राम सुनको १ लाख ५६५ राजस्व तिर्नुपर्ने हुन्थ्यो। तर यात्रुले भन्सार राजस्व छल्ने वद नियतका साथ भन्सार कार्यालयमा घोषणा नगरी सुन लुकाई छिपाई ल्याएको पाइएको भट्टराईले बताए।

उनकाअनुसार भन्सार राजस्व छलेर सुन आयात गर्दा भन्सार कार्यालयले प्रचलित कानुन बमोजिम त्यस्तो सुन जफत हुने र सुनको प्रचलित बजार मूल्य बराबर जरिवाना र कैद सजायसमेत हुन्छ।

IME Lifesidebar
kumari