citizens life insurance long ad

मञ्जुश्री फइनान्सको रक्तदान कार्यक्रम सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ परिक्षण तथा रक्तदान कार्यक्रमसम्पन्न गरेको छ । उक्त कार्यक्रममा कर्मचारी, संस्थाका ग्राहक तथा अन्य सर्वसाधारण गरि करिब १५० जनाको सहभागिता रहेको थियो भने करिब १२० जनाले निशुल्क स्वास्थ परिक्षणको लाभ लिएका थिए ।

साथै रक्तदान कार्यक्रम अन्तर्गत जम्मा ५९ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, प्रमुख ब्यापार अधिकृत लगायतका प्रमुखहरुको उपस्थिति रहेको थियो।

मन्जुश्री फाइनान्स लिमिटेड २०८३ असोज २८ गतेको दिन आफ्नो स्थापनाको बिसौ वर्षमा प्रवेश गर्दै छ । संस्थाका सामाजिक उत्तरदायित्वमा अग्रपंगतीमा रहेर भूमिका निर्वाह गर्दै आएको यस फाइनान्सले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारेर बिशेष कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ ।

करिब २ लाख १० हजार ग्राहक माझ सेवा पुर्याउदै आइरहेको यस मन्जुश्रीले हाल सम्म करिब २५ अर्ब निक्षेप संकलन गरि, करिब २२ अर्ब कर्जा प्रवाह गरेको छ।

फाईनान्स कम्पनीहरु मध्ये अग्रसर यस मन्जुश्री फाईनान्सले हाल सम्म २८ ओटा शाखा कार्यालय तथा एउटा विस्तारित काउन्टर मार्फत आफ्नो सेवा संचालनमा ल्याइरहेको छ।

IME Life
kumari