मञ्जुश्री फाइनान्सको नाफामा सुधार,इपीएस पनि बढ्यो

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ११.०१ प्रतिशत धेरै हो ।
गत वर्षको यसैअवधिमा फाइनान्स कम्पनीले ७ करोड १० लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा यसको खुद मुनाफा पनि बढेको हो ।
यस अवधिसम्म मञ्जुश्री फाइनान्सको खुद ब्याज आम्दानी ६.६१ प्रतिशत र सञ्चालन नाफा ३७.५९ प्रतिशतले बढेको छ । हाल यसले चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ रहेको छ भने रिजर्भमा ७४ करोड ३८ लाख रुपैयाँ जम्मा छ ।
यस फाइनान्सको एनपीएल बढेर ३.८६ प्रतिशत पुगेको छ । यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७२ पैसाले बढेर १७ रुपैयाँ ३३ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १६६ रुपैयाँ २१ पैसा देखिएको छ ।