stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

१५ बैंक–वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत राष्ट्र बैंकको कारवाहीमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ वटा बैंक–वित्तीय संस्थालाई कारवाही गरेको छ । आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा राष्ट्र बैंकको सुपरिवेक्षण विभागले नियामकीय निर्देशन पालना नगरेको पाइएपछि ७ विकास बैंक र ८ फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई कारवाही स्वरुप सचेत गराएको छ ।

राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जा सदुपयोग नभएको भन्दै १५ संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई कारवाही स्वरुप सचेत गराएको जनाएको छ ।

राष्ट्र बैंकको सुपरिवेक्षण विभागका अनुसार लुम्बिनी विकास बैंक,महालक्ष्मी विकास बैंक,कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सालपा विकास बैंक,गरिमा विकास बैंक र सप्तकोशी डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृतलाई कारवाही स्वरुप सचेत गराएको छ ।

राष्ट्र बैंकका अनुसार पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न नियुक्त गरेको परामर्शदाताले यी बैंकहरुले प्रवाह गरेको कर्जामा कैफियत देखाएको थियो ।

ती संस्थाहरुबाट प्रवाह भएका कर्जाहरुमध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशंका भएको भनी कैफियत जनाएका कर्जाहरुको सम्बन्धित संस्थाले आन्तरिक लेखा परीक्षणकबाट तयार गरी राष्ट्र बैंकमा पेश गरेको प्रतिवेदनमा खुलाइए अनुसार संस्थाबाट प्रवाह भएका केही सहुलियपूर्ण कर्जा सदुपयोग नभएको पाइएको थियो ।

सहुलियतपूर्ण कर्जा सम्बन्धी मार्गदर्शन र राष्ट्र बैंकबाट जारी सो सम्बन्धी निर्देशन उल्लंघन भएको हुँदा ७ वटा विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराईएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, समृद्धि फाइनान्स,पोखरा फाइनान्स,प्रोग्रेसिभ फाइनान्स,आइसीएफसी फाइनान्स,जानकी फाइनान्स कम्पनी, सेन्ट्रल फाइनान्स,रिलायन्स फाइनान्स तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृतलाई कारवाही स्वरुप सचेत गराएको जनाएको छ ।

यी फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई पनि सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र राष्ट्र बैंकबाट जारी सो सम्बन्धी निर्देशन उल्लंघन भएको हुँदा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराईएको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात अपुग भएकोले समृद्धि फाइनान्सलाई पहिलो पटकका लागि ९ हजार १ सय ६ रुपैयाँ ९ पैसा नगद जरिवाना तिराएको छ ।

साथै स्थलगत निरीक्षणको क्रममा संस्थाको सञ्चालक समितिले आफै वा आफु अन्तर्गतका समितिहरु मार्फत पर्याप्त निगरानी नगरेको कारण संस्था समस्याउन्मुख अवस्थामा पुग्न गएको भन्दै पोखरा फाइनान्सको सञ्चालक समितिलाई सचेत गराएको छ ।

त्यस्तै, राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणको क्रममा कालोसूची मै रही रहेका ऋणीलाई व्यक्तिगत अधिविकर्ष कर्जा प्रवाह गरेको पाइएकाले गरिमा विकास बैंकलाई पनि सचेत गराएको छ ।

साथै कर्णाली डेभलपमेन्ट बैंकको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गरि उक्त संस्थाको सञ्चालन तथा व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको राष्ट्र बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long