citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

मञ्जुश्री फाइनान्सको संस्थापक शेयर विक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मञ्जुश्री फाइनान्सले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले कम्पनीका संस्थापक शेयरधनी नुमनाथ पौडेलको नाममा रहेको १ लाख २९ हजार ३२ कित्ता शेयर विक्री गर्न लागेको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी उक्त शेयर विक्रीको आह्वान गरेको हो ।

उक्त शेयर खरीदका लागि सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुले कम्पनीको केन्द्रीय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा आफूले खरीद गर्न चाहेको शेयर कित्ताको व्योहोरा खुलाई निवेदन पेश गर्नु पर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थालाई विक्री गर्ने जनाएको छ ।

IME Life
kumari