citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।

यो त्रैमास सम्ममा कम्पनी २ करोड १८ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष पनि कम्पनी यसले ६ करोड ७० लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

गुहेश्वरी खुद ब्याज आम्दानी पनि ५.३० प्रतिशतले घटेर ८ करोड १० लाख रुपैयाँमा झरेको छ । गत वर्ष यसले ८ करोड ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

पुससम्ममा कम्पनी २ करोड ४१ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको छ । यसको वितरणयोग्य नाफा ४ अर्ब ६७ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

यता कम्पनीको खराब कर्जा ६.४५ प्रतिशतबाट बढेर ८.१८ प्रतिशत भएको छ । फाइनान्सको प्रतिसेयर आम्दानी २ रुपैयाँ १६ पैसा ऋणात्मक रहेको छ ।

गत वर्ष प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३७ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ५९ पैसा छ ।

gold
himalayan life insurance long ad