citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

रोयल इन्फिल्ड हन्टरसंग प्रतिस्पर्धा गर्न होन्डाले नयाँ मोटरसाइकल ल्याउँदै

kumari bank
Prabhu Insurance Long Ad
global bank

रोयल इन्फिल्ड हन्टरसंग प्रतिस्पर्धा गर्न होन्डाले नयाँ मोटरसाइकल ल्याउने भएको छ । होन्डाले हालै भारतमा नियो–रेट्रो रोडस्टरको डिजाइन पेटेन्ट दायर गरेर यसबारे संकेत दिएको हो ।

होन्डाको सो नयाँ मोटरसाइकल हर्नेट २.० मा आधारित हुने र यसले रोयल इन्फिल्ड हन्टर ३५० सँग प्रतिस्पर्धा गर्न सक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

होन्डाको नयाँ बाइक सामान्य न्याकेड रोडस्टर जस्तो देखिन्छ । यसमा गोलाकार एलईडी हेडल्याम्प र एकल–पड इन्स्ट्रुमेन्ट कन्सोल छ । बाइकमा मस्कुलर ईन्धन ट्याङ्की, चिन फेयरिंग, र सिंगल–पिस सीट देखाइएको छ ।

नयाँ रोडस्टर सिंगल सिलिन्डर, एयर कूल्ड इन्जिन द्वारा सञ्चालित हुने सम्भावना छ । बाइकमा अपसाइड–डाउन फोर्क र पछाडि मोनो–शक जडान गरिएको छ । एलोय ह्वील उपलब्ध हुने यस मोटरसाइकलको दुबै चक्कामा डिस्क ब्रेक जडान गरिनेछ ।

gold
himalayan life insurance long ad