मल्टीपर्पस फाइनान्सको साढे ८ हजार शेयर बिक्रीमा
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले संस्थापक शेयरधनीको नाममा रहेको ८ हजार ५४९ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । इच्छुक शेयरधनीले आवश्यक कागजात सहित आफूले के कति कित्ता शेयर खरिद गर्ने हो सोको विवरण विवरण खुलाई ३५ दिनभित्र संस्थाको कम्पनीसचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ ।
साथै तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।