citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि ६२.५६ शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि ६२.५६ शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले १०ः ६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

जस अनुसार यसले १ सय अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त हकप्रद सेयरका लागि इन्स्योरेन्स कम्पनीले कात्तिक २७ गते बुक क्लोज गरिसकेको छ।

कात्तिक २६ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । एनएलजी इन्स्योरेन्स कम्पनीले  जारी गर्न  लागेको  हकप्रद सेयरमा लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसको हकप्रद सेयरमा लक्ष्मी सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल कमलपोखरी काठमाडौं र एनएलजी इन्स्योरेन्स कम्पनीको तोकिएको शाखा कार्यालयबाट हकप्रदमा आवेदन दिन सकिनेछ ।

यस्तै, लक्ष्मी सनराइज बैंकको तोकिएको शाखा कार्यालयबाट पनि आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ ।

 

gold
himalayan life insurance long ad