sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

समृद्धि फाइनान्सले बिहीबार ब्रदर्स अटो प्रा.लि.सँग समझदारीपत्रमा हस्ताक्षर

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं ।  समृद्धि  फाइनान्सले  बिहीबार ब्रदर्स अटो प्रा.लि.सँग  समझदारीपत्रमा  हस्ताक्षर गरेको छ ।

उक्त समझदारीपत्रअनुसार समृद्धि फाइनान्सका खातावालाहरूले समृद्धि मोबाइल बैंकिङ वा डेबिट कार्डमार्फत भुक्तानी गरी बजाज कम्पनीको दुईपाङ्ग्रे सवारीसाधनहरू किन्दा अफर मूल्यमा १२ हजार रूपैयाँ, दुईपाङ्ग्रे सवारी साधनका पार्टपुर्जा र हेलमेटमा १२ प्रतिशत छुटका साथै प्रत्येक पाँच नियमित सेवापछि एउटा निःशुल्क सर्भिसिङको मजा लिन सक्नेछन् ।

यस किसिमको सहकार्यबाट फाइनान्सका ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । छुटसम्बन्धी विस्तृत विवरण फाइनान्सको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

समृद्धि फाइनान्सले हाल तेह्रवटा शाखाहरूमार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ ।

gold
kumari bank
nawakantipur long