stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल पूर्वाधार सम्मेलन सफलताका साथ सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजना तथा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय (वाईसीएनसी) को सहआयोजनामा आयोजित नेपाल पूर्वाधार सम्मेलन सफलताका साथ सम्पन्न भएको छ ।

पाँचौ संस्करणको नेपाल पूर्वाधार सम्मेलनको समापन समारोहमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको समग्र आर्थिक विकासका लागि भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको बताए ।

उनले नेपाल सरकारले केही समय अगाडि आयोजना गरेको लगानी सम्मेलनका बेला केही कानुनहरुमा सुधार गरी लगानीका लागि उपयुक्त वातावरण बनाएको उल्लेख गर्दै पूर्वाधार सम्मेलनमा आएका सुझाव पूर्वाधार विकासका लागि महत्वपूर्ण हुने बताए ।

सम्मेलनमा आएका सुझावहरुलाई नेपाल सरकारले ग्रहण गरी सोही अनुरुप सुधार गर्ने विश्वास समेत उनले व्यक्त गरे । नेपाल उद्योग परिसंघले समग्र आर्थिक विकासका लागि रचनात्मक भूमिका खेल्दै आएको उल्लेख गर्दै उनले पूर्वाधार सम्मेलन समेत त्यसैको निरन्तरताको रुपमा लिएको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले सम्मेलनमा दिगो पूर्वाधार अभ्यासहरूदेखि नवीन वित्तिय मोडेलसहित पूर्वाधार विकासमा प्रादेशिक र स्थानीय सरकारको भूमिकासम्मका विषयहरुमा गहन रुपमा छलफल भएको बताए ।

prabhu mahalaxmi
kumari