गुडविल फाइनान्सको स्थगित साधारण सभा माघ १५ गते बस्दै

काठमाडौं । गुडविल फाइनान्सको यसअघि स्थगित साधारण सभा अब भोलि सोमबार माघ १५ गते बस्ने भएको छ । कम्पनीले यसअघि पुस २९ गते बोलाएको साधारण सभा भने विशेष कारणबस स्थगित गरेको जनाएको थियो ।
कम्पनीले यसअघि नै गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जनाइसकेको छ ।
यस फाइनान्सले पुस १८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् । साधारण सभा, गुडविल कम्प्लेक्स हात्तिसार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।