अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर : आजसम्म कायम सेयरधनीले आवेदन दिन पाउने
काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आज माघ १४ गते आइतबारसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।
यस कम्पनीले हकप्रद सेयरको लागि माघ १५ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले यसमा आवेदन दिन सक्नेछन् ।अरुण भ्यालीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।
हाल अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ । कम्पनीले सोही पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।
हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्वपुँजीको लागि पीके हाइड्रोपावर प्रालिको संस्थापक सेयरमा लगानी गर्ने कम्पनीले जानकारी गराएको छ ।
यस्तै, बाँकी ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ भने हाल सञ्चालनमा रहेको काबेली–१ क्यास्केड जलविद्युत आयोजनाको निर्माण गर्दा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग हुनेछ ।