stcnepal long ad
global ime bank long

सिडि रेसियोले दिएको संकेत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

लामो समयपछि बैंकहरुको कर्जा–निक्षेप अनुपात अर्थात सीडी रेसियो ८४ प्रतिशत लाइनको वरपर रहेको देखिन्छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत २०८० जेठ ४ गते बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो ८४.८२ प्रतिशत कायम भएको देखिन्छ। त्यसको अघिल्लो दिन गत जेठ ३ गते औसत सीडी रेसियो ८४.९२ प्रतिशत रहेको थियो।

बैंकहरुको अन्तरबैंक ब्याजदर भने ७ प्रतिशत नै कायम रहेको छ। गत जेठ ४ गते एकैदिन बैंकिङ प्रणालीमा ७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। अघिल्लो दिन ५४ खर्ब ८८ अर्ब रुपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ५४ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको देखिन्छ। यो तरलताका लागि सहज अवस्था हो। अब तरलता अभाव घटदै गएको संकेत मिलेको पुष्टि गर्दछ।

त्यो दिन वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले बढेको थियो। गत जेठ ३ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४८ खर्ब ३८ अर्ब रुपैयाँ रहेकोमा जेठ ४ गते बढेर ४८ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको थियो। जेठ ४ गते बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँले मात्रै बढेको थियो। अघिल्लो दिन कुल कर्जा लगानी ४८ खर्ब ४५ अर्ब रुपैयाँ रहेकोमा बढेर ४८ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको थियो। यो दिन वाणिज्य बैंकहरु कुल कर्जा लगानी पनि १ अर्ब रुपैयाँले बढेर ४२ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको थियो।

अघिल्लो दिन कुल कर्जा लगानी ४२ खर्ब ९४ अर्ब रुपैयाँ थियो। यसले निक्षेप बढेको,तरलता सहज भएको,सिडि रेसियो र अन्तर व्याज दर स्थिर रहेकाले बैंकिङ क्षेत्रमा सकारात्मक संकेत गरेपनि कर्जा मागमा कमी, ऋणको व्याज र साबा भुक्तानीमा समस्या देखिदै आएकाले यो वर्ष आगामी वर्ष खराव कर्जा बढने र लगानीकर्ताहरूले मुनाफा कम पाउने सम्भावना पनि देखिएको छ।

IME Lifesidebar
kumari