stcnepal long ad
global ime bank long

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा रोजगार मेला हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कनेक्टिङ डट्स अफ योर फ्युचर नाराका साथ काठमाडौंमा जब फेयर हुने भएको छ। यही मे ३० र ३१ तारिख (जेठ १६ र १७ गते) टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा जब फेयर हुन लागेको हो।

बिहान १० देखि साँझ ५ बजेसम्म हुने यो रोजगार मेलामा वाक इन इन्टरभ्यू, करिअर काउन्सेलिङ र नेटवर्क बिल्डिङसम्बन्धी गतिविधिहरु हुनेछन्।

मेलामा आईटी, इन्जिनियरिङ, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन तथा हस्पिटालिटी, कन्स्ट्रक्सन तथा म्यानेजमेन्टका क्षेत्रमा उपलब्ध रोजगारी तथा सम्भावनाबारे जानकारी उपलब्ध हुनेछ। आयोजकले रोजगारीको खोजीमा रहेकाहरुलाई लक्षित गरेर रजिस्ट्रेसन समेत खुला गरिएको छ।

उद्योग वाणिज्य महासंघले आयोजना गरेको मेलामा श्रम तथा रोजगार मन्त्रालय, आईएलओ र मेरोजबको सहकार्य रहेको छ।

IME Lifesidebar
kumari