sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

हस्तकला नै नेपालको मुख्य निर्यात वस्तु हो

Nimb long ad
Prabhu Insurance Long Ad

नेपालमा हस्तकला उद्योगको राम्रो सम्भावना रहेको छ। नेपालको निर्यातमा हस्तकलाका वस्तुहरूले राम्रो योगदान दिदै आएका छन।आयात प्रतिस्थापनमा हस्तकला व्यवसायको भूमिका महत्वपूर्ण रहेको छ। नेपाली पुँजी र प्रविधिको उपयोग गरी सञ्चालन गर्न सकिने हस्तकला व्यवसाय ठूलो सम्भावना बोकेको क्षेत्र हो। यसले आयात प्रतिस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । हस्तकला क्षेत्र उद्योग व्यापार मात्र नभई यो देशको संस्कृति र सम्पदाको प्रतिबिम्ब पनि हो। यस क्षेत्रले रोजगारी सिर्जनामा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। हस्तकला क्षेत्रको दीर्घकालीन विकासका लागि सरकारले आगामी दिनमा के कस्ता नीतिगत, कानुनी गत, राजस्व र निर्यात सम्बन्धि व्यवस्था गर्नुपर्छ भनेर नेपाल हस्तकला महासंघले उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइ सकेको पनि छ। सरकारले अब त्यसलाई कार्यान्वयन गर्नु पर्दछ। सरकारले हस्तकला विकास नीतिको पनि सुक्ष्म अध्ययन गरी त्यसलाई कार्यान्वयनमा ल्याउनु पर्दछ।

हस्तकलाको वस्तु तथा डिजाइन विकास, गुणस्तर प्रमाणीकरण, बजार विकास र व्यवसाय विकास जस्ता सेवा एकीकृत रूपमा व्यवसायीहरूलाई उपलब्ध गराउन सार्क हस्तकला विकास केन्द्र नेपाल सार्वजनिक निजी साझेदारी मोडलमा स्थापना गर्न सरकार क्रियाशील हुनु पर्दछ।
त्रिपुरेश्वरमा सार्क हस्तकला विकास केन्द्रको भवन तयार भइसकेको छ। अब जति सक्दो चाँडो सोही भवनबाट हस्तकला विकास केन्द्र सञ्चालन गर्ने गरी सरकारले कार्यविधि स्वीकृत गर्नु पर्दछ । उद्योग व्यवसायको समुचित प्रवर्द्धनका लागि उद्योग मन्त्रालयबाट तर्जुमा गरिएको नेपाल व्यापार एकीकृत रणनीतिले समेटेका हस्तकला वस्तुको प्रवर्द्धनमा मन्त्रालयले कुनै कसर बाँकी नराखी प्रवर्द्धनात्मक कार्य अघि बढाउनु पर्ने देखिन्छ । निर्यातजन्य वस्तु साना मझौला उद्योगमै छ । अहिले पनि हामीसँग जडिबुटी प्रशस्तै छ । अमला, टिमुर यत्तिकै खेर गइरहेको छ । यि उत्पादनहरूले बजार पाएका छैनन ।

नेपालको आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग हुन। निर्यातजन्य वस्तु साना मझौला उद्योगमै छ, यस्ता उद्योगको प्रवर्द्धन र विकासमा सरकार हरतरहले लाग्नु पर्दछ। साना तथा मझौला उद्योगको बजार मागमा आएको उच्च कमीका कारण समस्यामा परेका छन। उद्योगी व्यवसायीको समस्या समाधानका लागि उचित नीति बनाइ कार्यान्वयन गराउन तयार रहनु पर्दछ। अब हाम्रो सम्भावना, रोजगारीको क्षेत्र, हाम्रो समृद्धिको यात्रा साना घरेलु तथा लघु र मझौला घरेलु उद्योग नै हुन्, त्यसमा पनि अझ हाम्रो स्रोत र साधनमा आधारित उद्योगको निर्यातमा ठूलो योगदान रहन्छ ।

देशमै औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गरी रोजगारी सिर्जना गर्नु पर्दछ। लघु, घरेलु तथा साना उद्योगीका लागि कर्जामा सहुलियत र प्रविधि हस्तान्तरणका लागि ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपयोग अभिवृद्धि कार्यक्रम’ ल्याउन सकिन्छ । नेपाली उद्योगको समस्याकै रूपमा तयारी वस्तु र कच्चापदार्थमा एउटै कर हुँदा समस्या भएको छ। तसर्थ अब तयारी वस्तुमा धेरै र कच्चापदार्थमा थोरै कर लगाउने गरी प्रस्ताव गर्नु पर्दछ । नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योग आर्थिक समृद्धिको संवाहकका रूपमा रहे पनि यस्ता उद्योगको प्रमुख समस्याको रूपमा बजार पहुँच रहेको छ। सरकारले महिला उद्यमी, कृषि उद्योग लगायतका उद्यमीलाई दिँदै आएको सहुलियतपूर्ण कर्जा र कोभिड(१९ पीडित उद्यमीलाई दिइँदै आएको पुर्नकर्जा कार्यक्रमलाई यथावत राख्दै साना उद्यमीलाई बैंकले कर्जा प्रवाहमा गर्ने भेदभावपूर्ण व्यवहारको अन्त्य गर्न सरकारले सहजीकरणको भूमिका निर्वाह गर्न आवश्यक छ।

उद्योगहरुमा जडान गरिएका मील मेसिनरी र औजारहरुको स्वामित्वको प्रमाणपत्र जारी गरी सो लाई पनि धितो मानी दैनिक उत्पादनको क्षमता र उत्पादित वस्तुको मौज्दात हेरी लघु, घरेलु तथा साना र महिला उद्यमीहरुलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था मिलाउन सके नेपालमा आत्मनिर्भर अर्थतन्त्रको विकास हुन सक्छ । सरकारे बजेट मार्फत ७५३ वटै पालिकाहरुले लघु, घरेलु तथा साना उद्योगको विकासका लागि प्रत्येक पालिकाहरुले २० प्रतिशत बजेट विनियोजन गरी लघु, घरेलु तथा साना उद्योगको विकासका लागि मात्र प्रभावकारी रुपमा खर्चिने नीतिगत व्यवस्था गराउन सकेमा सबै स्थानीय तहमा दैनिक उपभोग्य सामाग्री उत्पादन वृद्वि हुन सक्छ।

gold
nawakantipur long