stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन

अब अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने !

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष अबदेखि प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघिको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष हुने प्रावधान थियो ।

सो विधानलाई महासंघको कार्य समितिले गत असार २५ गते सोमवार सर्वसम्मत संशोधन गरेपछि अब महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छानिने भएको हो ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान असार २४ गतेको कार्यसमिति बैठकले सर्वसम्मतिले पारित गरेको र अबदेखि महासंघको अध्यक्ष नै निर्वाचनबाट चयन हुने भएको जानकारी दिएका छन ।

उनले यसअघि पनि यसै बमोजिमको विधान संशोधनका लागि विभिन्न कार्यदल एवं समितिहरु गठन गरी काम गरिएको भएपनि सहमति हुन नसकेकाले वरिष्ठ उपाध्यक्षबाट नै पछि अध्यक्ष हुनेगरी निर्वाचन गर्ने गरिएको अध्यक्ष ढकालले जानकारी दिएका छन ।

ढकालले निर्वाचनकै समयमा विधान संशोधन गर्दै अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने वाचा गरेका थिए । यो प्रावधानले सक्षम व्यक्तिलाई प्रत्यक्ष रुपमा अध्यक्ष लड्न सहयोग पुग्ने ढकालले बताएका छन । यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष भएपछिको अर्को एक कार्यकालपछि लागु गर्ने गरि विधान संशोधनको सिफारिस गरिएको छ ।

संशोधित नयाँ विधानमा वरिष्ठ उपाध्यक्ष दुई जनाको व्यवस्था गरिएको छ भने हाल एक महिला उपाध्यक्ष रहेकामा थप एक जना महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ ।

महासंघको कार्यसमितिबाट संशोधित उक्त विधानलाई आगामी २०८१ मंसिर मसान्तभित्र महासंघको विशेष साधारण सभा आवह्रान गरि पारित गर्ने महासंघले जनाएको छ । महासंघको विधान सरकारले स्वीकृत गरेपछि लागू हुन्छ।

यसैबीच महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैलाई सम्बोधन गर्ने गरी आगामी मौद्रिक नीति ल्याउनुपर्ने बताएका छन् । उनले बजेटले उद्योगलाई छुन नसकेको आरोप लगाएका छन् । महासंघद्वारा आयोजित आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले बजार चलायमान हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन ।

आगामी आर्थिक वर्षको बजेटले औद्योगिक गतिविधि चलायमान बनाउन सक्ने खालको नआएको बताउँदै मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने माग गरेका छन ।

लगानीमैत्री मौद्रिक नीति ल्याउन समेत उनले सुझाव दिदै ूमौद्रिक नीतिले लगानीमैत्री वातावरण बनाउनु पर्छ । साना कर्जा सुविधाको विस्तार गर्नु पर्छ । घरजग्गाको कारोबार घटिरहेको छ । यसलाई पनि मौद्रिक नीतिले सम्बोधन गर्नुपर्छ ।’ भनेका छन ।

बैंक तथा वित्तीय संस्थासँगै व्यवसायलाई पनि बचाउने गरी मौद्रिक नीति ल्याउन ढकाले सुझाव दिएका छन । ऋण तिरिसक्दा पनि कालोसूचीबाट नहटाउने प्रवृत्तिले व्यवसायीहरू समस्यामा पर्ने गरेको पनि उनले बताएका छन ।

सबै ऋण खराब प्रवृत्तिको नहुने भन्दै अध्यक्ष ढकालले कतिपयलाई परिस्थितिले यस्तो अवस्थामा पुगेको बताएका छन ।

IME Lifesidebar
kumari