stcnepal long ad
ime life insurance
national life
global ime bank long

मेक इन नेपाल स्वदेशी सम्मेलनका उपलब्धि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

नेपाल उद्योग परिसंघ (सीएनआई)ले नेपाल सरकार, उद्योग मन्त्रालयसँगको सहकार्यमा करिब तीन वर्ष अघिदेखि ‘मेक इन नेपाल स्वदेशी’ अभियान सञ्चालन गरिरहेको छ। यसपालि पनि सिएनआईको आयोजनामा ‘मेक इन नेपाल स्वदेशी सम्मेलन’ ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । यस अभियानले दुई मुख्य उदेश्य लिएको देखिन्छ । पहिलो उदेश्य नेपालमा उत्पादन र नेपाली वस्तुको उपभोग बढाउने र दोस्रो उदेश्य नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाएर विश्वबजारमा पुरयाउने लिएको देखिन्छ ।

परिसंघले सो बृहत् अभियानको कार्यान्वयनबाट स्पष्ट चार परिणाम हासिल हुनेछ । यसका उदेश्यमा वार्षिक एक हजार नयाँ उद्योग दर्ता, दिगो विकासको लक्ष्यअनुसार कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक क्षेत्रको हिस्सा सन् २०३० सम्ममा २५ प्रतिशत पुरयाउने, औद्योगिक क्षेत्रबाट वार्षिक डेढ लाख रोजगारी सिर्जना गर्ने र ५ वर्षभित्र वार्षिक निर्यात ४।६ अर्ब अमेरिकी डलर पुरयाउने रहेको छ ।

अभियान सार्वजनिकका क्रममा परिसंघले गरेको अध्ययन प्रतिवेदनले ूमेक इन नेपाल स्वदेशी अभियानूले लिएका लक्ष्य हासिल गर्न ३४ क्षेत्रमा नीतिगत मध्यस्थता जरुरी रहेको देखाएको छ । ‘मेक इन नेपाल स्वदेशी समिट २०२४’ को यस तेस्रो संस्करणका दौरानमा सघन छलफलका आधारमा सबल र आत्मनिर्भर अर्थतन्त्रतर्फ लम्कन ३५ बुँदे घोषणापत्र अर्थमन्त्री वर्षमान पुनलाई हस्तान्तरण गरेको थियो ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थमन्त्री पुनलाई घोषणापत्र हस्तान्तरण गरेका थिए ।घोषणापत्र ग्रहण गर्दै अर्थमन्त्री वर्षमान पुनले स्वदेशी सम्मेलनमा भएका छलफलबाट आएका महत्वपूर्ण सुझाव अधिकतम बजेटमा समेट्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन । हेरौ कति सम्म कार्यान्वयन हुन्छन ?

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न, प्रवर्धन गर्न सरकारी कार्यालयमा स्वदेशी सामान नै खरिद गर्नुपर्ने विषयलाई नीतिगत रूपमा अगाडि बढाउन आवश्यक छ। निजी क्षेत्रका लागि लचिलो नीति अपनाउने गरी अगाडि बढ्न पनि प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका पनि छन।

अब निजी क्षेत्रलाई प्रोत्साहन गर्नेगरी आगामी बजेट ल्याउनु पर्ने देखिन्छ । एक दिनसम्म चलेको ‘मेक इन नेपाल स्वदेशी’ अभियानको सम्मेलनले ३५ बुँदे घोषणापत्र समेत जारी गरेको थियो ।

 

IME Lifesidebar
kumari