stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

होण्डा मोटर्सले पनि इलेक्ट्रिक स्कुटर ल्याउँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। जापानी मोटरसाइकल उत्पादक कम्पनी होण्डाले भारतीय बजारमा आगामी वर्ष विद्युतीय मोटरसाइकल उत्पादन सार्वजनिक गर्ने भएको छ।

प्रतिस्पर्धी मोटरसाइकल उत्पादक भारतीय कम्पनी हिरो मोटर्सले विद्युतीय स्कुटर सार्वजनिक गरेको छ महिना पछि होण्डा मोटर्स इण्डियाले पनि विद्युतीय स्कुटर उत्पादनको घोषणा गरेको हो ।

होण्डा मोटर्स इण्डियाले आफ्नो विद्युतीय मोटरसाइकल उत्पादनका लागी तीब्र गतिमा तयारी भइरहेको घोषणा गरेको छ ।

आकर्षक बनावट, मोबाइल चार्जर, अधिक तेज बत्ती, तीब्र गतिमा आरामदायी यात्रा गर्न सकिने र फेर्न मिल्ने ब्याट्रीको साथमा विभिन्न प्रकारका बिजुलीका दुई पाङ्ग्रे सवारी साधन आगामी वर्षसम्ममा बजारमा ल्याउने गत बुधबार औपचारिक घोषणा गरेको हो ।

विद्युतीय मोटरसाइकल उत्पादनका लागी दक्षिण भारतीय कर्णाटक राज्यको नरसापुरा प्लान्टलाई पूर्णरुपमा समर्पित गरिएको होण्डा इण्डियाले प्रेस विज्ञप्ती मार्फत् घोषणा गरेको छ।

साथै देशभर ६ हजार वटा मोटरसाइकल ब्याट्री चार्ज स्टेशन समेत स्थापना गर्ने घोषणा गरेको छ। सन् २०३० सम्ममा वार्षिक १० लाख विद्युतीय मोटरसाइकल उत्पादन गर्ने लक्ष्य रहेको छ।

prabhu mahalaxmi
kumari