नबिल बैंकको कामु सिईओमा सुजित शाक्य
सुजित शाक्यले तत्कालीन बैंक अफ एसिया लि.र एनआईसी बैंक लि. मर्ज गराउन व्याकबोनको रुपमा काम गरेका थिए ।

काठमाडौं । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहको कार्यकाल असार ६ गतेदेखि सकिएको छ । उनी सोहि दिन बैंकबाट विधिवत रूपमा बिदा भएका छन् । नबिल बैंकमा कार्यकाल सकिएपछि सीईओ शाह बैंकबाट बाहिरिएका हुन् ।
नबिल बैंकमा ४ बर्षे कार्यकाल सकेर सीईओ शाह गत सोमबारदेखि बिदा भएका हुन् । सीईओ शाहसँग बैंकिङ्ग क्षेत्रमा ३५ वर्ष काम गरेको अनुभव रहेको छ ।
उनले सन् १९९१ मा ग्रिनलेज(हाल स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट बैंकिङ्ग यात्रा शुरु गरेका थिए । शाहले हालसम्म ग्रिनलेज बैंक, नबिल बैंक र मेगा बैंक गरि तीन वटा बैंकमा काम गर्ने अवसर प्राप्त गरेका छन् ।
नबिल बैंकमा पहिलो कार्यकाल सीईओ बनेका उनी त्यसपछि मेगा बैंकको सीईओ बनेका थिए । मेगा बैंकबाट पुनः दोस्रो पटक नबिल बैंकमा सीईओ बनेका थिए।
नबिल बैंकमा सीईओ बनेका शाह नबिल बैंकबाट नै फेरि सिईओ बनेर विदा भएका छन। चुनौतीपूर्ण काम गर्न रूचाउने शाह केही समयको रेष्ट समयपछि कुनै गतिलो बैंकको सिईओ हुने निश्चित छ । शाहले नबिलमा ९ वर्ष र मेगा बैंकमा ८ वर्ष सीईओको रुपमा काम गरिसकेका छन ।
नबिल बैंकको सिईओ भएको अवधिमा शाह नेपाल बैंकर्स संघका अध्यक्षसमेत भएका थिए । नबिलबाट बाहिरिएपछि केही नयाँ क्षेत्रमा काम गर्ने सोच रहेको शाहले बताउँदै आएका छन् ।
कामु सीईओ बने सुजित शाक्य
सीईओ शाह बैंकबाट बाहिरिएसँगै बैंकको कायमुकायम (कामु) सीईओको जिम्मेवारी सुजित शाक्यले पाएका छन् । बैंक सञ्चालक समितिले नबिल बैंकको कामु सीईओको जिम्मेवारी डेपुटी सीईओ रहेका सुजित शाक्य दिएको छ । यसअघि ग्लोबल आइएमई बैंकमा डेपुटी सीईओ रहेका उनी नबिल बैंकमा आएका थिए ।
कामु सीईओ शाक्यले नेपालमा ३ वटा ठूला वाणिज्य बैंक मर्ज गराउन ठूलो भूमिका निर्वाह गरेका छन् । सुजित शाक्यले तत्कालीन बैंक अफ एसिया लि.र एनआईसी बैंक लि. मर्ज गराउन व्याकबोनको रुपमा काम गरेका थिए ।
त्यसपछि उनले जनता बैंक लि. लाई ग्लोबल आइएमई बैंक लि.मा मर्जर गराउनमा पनि ठूलै मेहनत गरेका थिए । मर्जरपछि ग्लोबल आइएमई बैंक लि. को डेपुटी सीईओ छाडेर नबिल बैंकको डेपुटी सीईओमा जोडिएका शाक्यले एन.बी. बैंक लि.लाई नबिल बैंकमा मर्ज गराउने प्रकृयामा धेरै ठूलो भूमिका निर्वाह गरिरहेका छन् ।
यसरी कामु सिईओ शाक्यले बैंकहरूको मर्जरमा धेरै ठुलो भूमिका निर्वाह गरेका र उनीसँग मर्जरको राम्रो अनुभव रहेकाले शाक्यको कार्यकालमा नबिल बैंक र एन.बि. बैंक बीच अहिले सम्मकै सफल मर्ज हुने विश्लेषण गरिदैछ।
८ असार २०७९, बुधवार ०९:४३ बजे प्रकाशित