citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

लागुऔषध सम्बन्धी समाचार लेख्ने पत्रकारलाई गृह मन्त्रालयले पुरस्कार दिने

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ । गृह मन्त्रालयले लागुऔषध सम्बन्धी समाचार लेख्ने पत्रकारलाई पुरस्कार दिने भएको छ। गृह मन्त्रालयले सूचना जारी गरी लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा पुरस्कार दिने जनाएको हो।

पुरस्कारका लागि पत्रकारहरूले आवेदन सहित व्यक्तिगत विवरण, समाचार र कार्यरत सञ्चार संस्थाको सिफारिस पेस गर्नु पर्नेछ।

 

मन्त्रालयले लागुऔषधको क्षेत्रमा उत्कृष्ट समाचार लेख्ने तीनजना पत्रकारलाई पुरस्कृत गर्ने बताएको छ।

जसका लागि इच्छुक पत्रकारले आवेदन दिन सक्नेछन्। असार १० गतेभित्रमा आवेदन दिनुपर्ने मन्त्रालय जनाएको छ।

himalayan life insurance
igi long