citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

दोर्दी खोलाको आइपीओ बाँडफाँट

गोलाप्रथा मार्फत २ लाख १ हजार ९८६ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् ।

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । आज बुधबार असार ८ गते दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथा मार्फत २ लाख १ हजार ९८६ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् ।

जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा कुल १४ लाख ७१ हजार ६६५ ले आवेदन दिएकामा ८८२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ ।

 

 

दोर्दी खोलाले जेठ २६ गतेदेखि ३१ गतेसम्म कुल २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो ।

जसमध्ये ५५ अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सामूहिक लगानी कोष र ३५ अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २० लाख १९ हजार ८६९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

 

himalayan life insurance
igi long