stcnepal long ad
himalayan Everest Insurance long ad

‘आरबीबी म्यचुअल फन्ड–२’ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङले बिक्री खुला गरेको ‘आरबीबी म्यचुअल फन्ड–२’ को १२ करोड इकाईमा आवेदन दिने आज वैशाख ३१ गते अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । आरबीबीले वैशाख १७ गतेदेखि बन्दमुखी योजना ‘आरबीबी म्यचुअल फन्ड–२’ को कुल १२ करोड इकाई निष्कासन गरेको हो । यसमध्ये १ करोड ८० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित गरिएको छ । बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई खुला गरेको हो ।

यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । यसमा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिनुपर्नेछ ।‘आरबीबी म्यचुअल फन्ड–२’ मा सी–आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत अनलाइन आवेदन दिन सकिनेछ ।

आरबीबी मर्चेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो दोस्रो म्युचुअल फन्ड योजना हो । हाल ‘आरबीबी म्यचुअल फन्ड–१’ सञ्चालनमा रहेको छ ।

३१ वैशाख २०८०, आइतवार ०७:१४ बजे प्रकाशित

NTA long ad