हिम पर्वत हाइड्रोपावरको आईपीओ बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा हिम पर्वत हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ।
कम्पनीले रु. १०० अंकित दरको ५९ लाख १५ हजार कित्ता सेयरले हुने ५९ करोड १५ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्न लागेको हो।
यो सेयर निष्काशनको अनुमति बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडले प्राप्त गरेको छ। सिटिजन्स क्यापिटलमार्फत हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरु, सामूहिक लगानी कोषहरु, संस्थाका कर्मचारीहरु तथा सर्वसाधारणमा शेयर निष्काशन गर्नेछ





















