citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेसनल लाइफ इन्स्योरेन्सको नाफा १६.१६ प्रतिशतले बढ्यो

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेसनल लाइफ इन्स्योरेन्सको नाफा १६.१६ प्रतिशतले बढेर २९ करोड ६९ लाख २५ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले २५ करोड ५६ लाख ९ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा खुद बिमा शुल्क आर्जन र जीवन बिमा कोषको आकार बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो ।

खुद बिमा शुल्क ९.३९ प्रतिशतले बढेर ११ अर्ब १३ करोड १५ लाख ७१ हजार रुपैयाँ पुगेको छ । जीवन बिमा कोषको आकार १८ रुपैयाँ ८० प्रतिशतले बढेर ५८ अर्ब २६ करोड ८३ लाख ४१ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा यस कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ २६ पैसा छ ।

यस कम्पनीले दक्ष जनशक्तिको अभाव, दिर्घकालीन लगानीको न्यून अवसर, अर्थतन्त्रमा विद्यमान तरलता संकट एवम् बढ्दो प्रतिस्प्रर्धालाई बिमा क्षेत्रको चुनौतिको रुपमा लिएको छ ।

सोही अनुसार व्यवसायीक योजना र रणनीति तयार गरेर व्यवसाय वृद्धि गर्ने लक्ष्य यस कम्पनीले लिएको छ ।

himalayan life insurance
igi long