prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

युनिभर्सल पावरको वित्तीय विवरण सार्वजनिक

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । युनिभर्सल पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीले ६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा १ करोड ३३ लाख रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा उक्त नाफा ४०९.५० प्रतिशतले धेरै हो । चैत मसान्तसम्ममा कम्पनीको कुल आम्दानी १० करोड ४९ लाख रुपैयाँबाट बढेर २५ करोड ८१ लाख रुपैयाँ पुगेको छ । कुल आम्दानी बढ्दा मुनाफा पनि बढेको हो ।

युनिभर्सलको चुक्ता पुँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ रहको छ । जगेडा कोषमा २६ करोड रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३२ पैसा ९पैसा० रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ४१ पैसा छ ।

३१ वैशाख २०८०, आइतवार ०७:११ बजे प्रकाशित

NTA long ad
stcnepal long ad