citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

एनआईसी एशियाको छैठौं बन्दमुखी योजनाको इकाई बाँडफाँड सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । एन आई सी एशिया क्यापिटलको योजना व्यवस्थापन तथा निष्काशन एवं बिक्री प्रबन्धकत्वमा सञ्चालन हुन लागेको छैठौँ बन्दमुखी योजना ‘एन आई सी एशिया इक्विटी अपोर्चुनिटी फण्ड’को इकाई बाँडफाँड सम्पन्न भएको छ ।

प्रति इकाई अंकित मूल्य १० का दरले कूल ८ करोड इकाईमध्ये १५ प्रतिशत (१ करोड २० लाख इकाई) कोष प्रवद्र्धक एन आई सी एशिया बैंकका लागि सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि असोज ७ गतेदेखि बिक्री खुला गरिएको थियो ।

सर्वसाधारणका लागि निष्काशन गरिएको इकाई पहिलो चार कार्यदिनमै मागभन्दा बढी आवेदन परेकाले असोज १३ गते नै बिक्री बन्द गरिएको थियो ।

उक्त अवधिमा सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुमार्फत ४१ हजार १८९ जना आवेदकबाट कूल ८ करोड ७४ लाख ४४ हजार २०० इकाई (मागभन्दा १.२९ गुणा बढी) का लागि आवेदन परेको थियो ।

प्राप्त आवेदनहरु छानबिन गर्दा ४७ जना आवेदकको ६ हजार २०० इकाई बराबरको आवेदन रितपूर्वक नदेखिएकाले रद्द गरिएको र बाँकी ४१ हजार १४३ आवेदकबाट बीज पूँजीसहित कूल १ अर्ब २ करोड ४३ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन सदर भएको क्यापिटलले जनाएको छ ।

मागभन्दा बढी आवेदन प्राप्त भएकाले धितोपत्र बोर्डको स्वीकृत विवरण पत्र तथा सामूहिक लगानी कोष निर्देशिका, २०६९ बमोजिम फण्डको आकार २५ प्रतिशतले वृद्धि गरी ८० करोडबाट १ अर्ब रुपैयाँ कायम गरिएको छ ।

बुधबार क्यापिटलको कार्यालय थापाथलीमा गरिएको बाँडफाँड अनुसार १०० इकाईदेखि ३० लाख इकाईसम्म माग गर्ने आवेदकलाई माग बमोजिम र ४० लाखदेखि ५० लाख इकाईसम्म माग गर्ने आवेदकलाई ३८ लाख ९० हजार ५२५ इकाईका दरले इकाई बाँडफाँड गरिएको छ ।

बाँडफाँडको नतिजा निष्काशनकर्ताको वेबसाइट www.iporesult.cdsc.com.np/meroshare.cdsc.com.np तथा सिडिएससीका सम्बन्धित पोर्टलमार्फत हेर्न सकिने जनाइएको छ।

IME Life
kumari