stcnepal long ad
global ime bank long

ग्लोबल आइएमई क्यापिटल पनि अब एनिपएसमा आवद्ध

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता भएको छ ।क्यापिटलले एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच (एनिपएस) को लागि सम्झौता गरेको हो ।

सम्झौता पत्रमा क्यापिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

एनिपएसको उक्त सम्झौता पश्चात क्यापिटलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी ग्राहकले डिभिडेण्ड भुक्तानी, डिपीको शुल्क संकलन, म्युचल फण्ड सम्बन्धी भुक्तानी लगायत आफ्ना विभिन्न प्रकारका भुक्तानी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछन ।

क्यापिटलले विगत ६ वर्ष देखि प्राविधिक सदस्यको रुपमा एनसिएचएल आइपिएस प्रणालीको प्रयोग गर्दै आएको छ ।

IME Lifesidebar
kumari