stcnepal long ad
global ime bank long

नमस्ते पेद्वारा फेस्टिवल क्याम्पेन को सुरुवात

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नमस्ते पे ले दशैं, तिहार तथा छठ पर्व लाइ समेट्ने गरी फेस्टिवल क्याम्पेन ल्याएको छ र यस अभियानमा ४९ दिन सम्म नमस्ते पे प्रयोगकर्ताहरु विभिन्न सेवाहरु विभिन्न अफर पाउने छन् ।
यस अभियानमा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले 100% Cashback प्राप्त गर्नेछन्।

प्रयोगकर्ताहरूले जति धेरै transactions गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र १००% क्यासब्याक पाउने मौका हुनेछ।

अभियान अवधिको बीचमा कुनै पनि सेवाहरू (wallet to wallet transfer र load fund बाहेक) को कारोबार गर्ने प्रयोगकर्ताहरू बम्पर योजनामा सहभागी हुन योग्य हुनेछन्।

त्यसैगरी, नमस्ते पे मार्फत Utility बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पे ले तिरिदिने अफर रहेको छ ।

हवाई टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले रु १००० Cashback पाउने छन् र अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड हवाई टिकट निशुल्क पाउनेछन् ।

दशैं दक्षिणाको रूपमा, आफ्नो परिवार र आफन्तहरूलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरूले 100% क्यासब्याक पाउने छन्।

त्यस्तै, अभियान अवधिभर सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १०% Cashback वा अधिकतम १० रुपैयासम्म पाउनेछन्। प्रयोगकर्ताहरूलाई प्रोमोकोड उपलब्ध गराइनेछ जुन तीन पटक रिडिम गर्न सकिन्छ।

साथै, नमस्ते पेले भ्वाइस र डेटा प्याकहरू, बिलहरूको भुक्तानी, Merchant भुक्तानीहरू, हवाई टिकटहरू आदि सहित विभिन्न सेवाहरूमा विभिन्नFlash Offer प्रदान गर्नेछ।

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, कृष्ण प्रसाद भण्डारीले सेवा पोर्टफोलियोलाई सुदृढ गर्दै, नमस्ते पे लाई बलियो र भरपर्दो डिजिटल भुक्तानी सेवा प्रदायक बनाउन कम्पनीले आफ्ना साझेदार र सरोकारवालाहरूसँग निरन्तर रुपमा काम गरिरहेको बताउनु भयो।
नमस्ते पे नगद रहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।

आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

 

IME Lifesidebar
kumari