stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

‘मुक्तिनाथ म्युचुअल फन्ड–१’ का इकाइ खरिद गर्न आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मुक्तिनाथ क्यापिटलको पहिलो म्युचुअल फन्ड ‘मुक्तिनाथ म्युचुअल फन्ड–१’का इकाइ खरिदका लागि आवेदन दिने आज (मंसिर २५ गते) अन्तिम दिन रहेको छ।

गत मंसिर २० गतेबाट यो योजनाका इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। मागभन्दा बढी आवेदन परेकोले आज बैंकिङ समयपछि यो योजनाका इकाइ खरिदका लागि आवेदन बन्द गरिने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले जनाएको छ।

क्यापिटलले १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँबराबरको १० करोड इकाइ बिक्री खुला गरेको छ। कुल इकाइमध्ये कुल बिक्री भएको इकाइसंख्याको १३ प्रतिशत वा १ करोड ३० लाख इकाइ कोष प्रवर्द्धक मुक्तिनाथ विकास बैंकलाई र २० लाख इकाइ योजना व्यवस्थापक कम्पनी मुक्तिनाथ क्यापिटललाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधरणलाई बिक्री खुला गरिएको छ।

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। यो योजनाको इकाइ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नै रहेको छ।

दस वर्ष अवधिको यो योजनाका इकाइमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

prabhu mahalaxmi
kumari