stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

नेको इन्स्योरेन्सले आज मंसिर २५ गते देखि अभिकर्ता तालिम सञ्चालन गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आज मंसिर २५गतेदेखि अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले यही २७ गतेसम्म निर्जीवन बीमा र कृषि, पशुविज्ञान वा जडिबुटी बीमा अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो ।

इच्छुक व्यक्तिलाई मंसिर २४ गतेभित्र कम्पनीको केन्द्रीय तथा शाखा कार्यालयमा निवेदन दिन भनिएको थियो ।

हिजोसम्म निवेदन दिएकाहरूका लागि तालिम काठमाडौंमा सञ्चालन गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । साथै तालिम सकिएपछि भर्चुअल माध्यमबाट अभिकर्ता परीक्षा लिइनेछ ।

यसअघि नै तालिम लिइसकेका तर परीक्षा दिन नपाएकालाई पनि यो परीक्षामा सहभागी गराइने कम्पनीले जनाएको छ ।

prabhu mahalaxmi
kumari