sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

नेको इन्स्योरेन्सले आज मंसिर २५ गते देखि अभिकर्ता तालिम सञ्चालन गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आज मंसिर २५गतेदेखि अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले यही २७ गतेसम्म निर्जीवन बीमा र कृषि, पशुविज्ञान वा जडिबुटी बीमा अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो ।

इच्छुक व्यक्तिलाई मंसिर २४ गतेभित्र कम्पनीको केन्द्रीय तथा शाखा कार्यालयमा निवेदन दिन भनिएको थियो ।

हिजोसम्म निवेदन दिएकाहरूका लागि तालिम काठमाडौंमा सञ्चालन गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । साथै तालिम सकिएपछि भर्चुअल माध्यमबाट अभिकर्ता परीक्षा लिइनेछ ।

यसअघि नै तालिम लिइसकेका तर परीक्षा दिन नपाएकालाई पनि यो परीक्षामा सहभागी गराइने कम्पनीले जनाएको छ ।

gold
prabhu bank
nawakantipur long