stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेटा भी र नेटा एक्सको दशैं अफरः विशेष छुट र एक्सचेन्ज बोनस पाइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिजी मोटर्सले यस दशैंमा ग्राहकहरूलाई लक्षित गर्दै नेटा भी र नेटा एक्समा विशेष अफरहरू सार्वजनिक गरेको छ। विद्युतीय गाडी किन्न चाहनेहरूका लागि यो अफर निकै फाइदाजनक हुनेछ।

यस दशैंमा, सिजी मोटर्सले धेरै आकर्षक छुट र फाइदाहरू ल्याएको छ । नेटा भी किन्दा, ग्राहकहरूले ५० हजारसम्मको निश्चित नगद छुट पाउनेछन्, जसले गाडीको मूल्यमा ठूलो छूट ल्याउनेछ।

साथै, आफ्नो पुरानो गाडी साटेर नयाँ नेटा भी किन्न चाहनेहरूका लागि थप ५० हजारसम्मको एक्सचेन्ज बोनसको सुविधा पनि दिइएको छ।

यति मात्र होइन, नेटा भी खरिद गर्ने हरेक ग्राहकले जोडीको लागि बाली जाने निःशुल्क यात्रा पनि उपहारमा पाउनेछन्। यस अफरले गाडी खरिदको आनन्दलाई झनै रमाइलो बनाउनेछ। साथै नेटा भी खरिद गर्दा रु एक लाखसम्मको नगद छुट पाउन सकिने छ ।

नेटा भी विद्युतीय गाडी खोज्नेहरूका लागि राम्रो विकल्प हो। यसमा ४०।७ किलोवाट क्षमताको ब्याट्री छ, जसले पर्याप्त ऊर्जा प्रदान गर्दछ। ५० किलोवाट मोटरले गाडीको कार्यक्षमता सुधार गर्दछ।

१२० एन एम टर्कले गतिशील ड्राइभिङ अनुभवलाई थप उत्कृष्ट बनाउँछ, जसले गाडीको गति र नियन्त्रणलाई सुधार गर्छ। नेटा भि ले २० मिनेटमा ३०५ बाट ८०५ सम्मको छिटो चार्ज सुविधा दिन्छ।

यसले एकपटक चार्जमा १८० किमि टाढासम्मको यात्रा गर्न सक्ने क्षमता छ, र यसमा सिएटियल का लिथियम आइरन फस्फेट ब्याट्रीहरू छन्, जसको वारेन्टी ८ वर्ष वा १ लाख ५० हजार किमि सम्म छ।

नेटा भी एकपटक चार्ज गर्दा ५०० किमि सम्म चल्न सक्छ। यसमा १८५ एम एम ग्राउन्ड क्लियरेन्स छ, जसले ड्राइभरलाई सुरक्षाको महसुस गराउँछ।

सिएटियलका अत्याधुनिक लिथियम आइरन फस्फेट ब्याट्रीहरूमा आधारित, ल्भतब ह् ले पनि ८ वर्ष वा १ लाख ५० हजार किमिको वारेन्टीसँगै विश्वसनीयता र दीर्घकालिकता सुनिश्चित गर्दछ।

सिजी मोटर्सले देशभर २५ भन्दा बढी चार्जिङ स्टेसन र ९० भन्दा बढी सेवा केन्द्रहरूको सुविधा उपलब्ध गराएको छ।

IME Lifesidebar
kumari