stcnepal long ad
ime life insurance
national life
global ime bank long

कुमारी सुनौलो लगानी योजनाद्धारा इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी सुनौलो लगानी योजनाले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ। योजनाले कर सहित १०.५० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।

भदौ १० गते बसेको योजनाको योजना व्यवस्थापक कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश वितरण प्रयोजनार्थ योजनाले आज अर्थात भदौ ११ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ १० गतेसम्म कायम इकाईधनीहरुले, योजनाले वितरण गर्ने लाभां प्राप्त गर्न सक्नेछन्।

कुमारी सुनौलो लगानी योजना एक खुलामुखी योजना भएकोले इकाईधनीहरुले प्राप्त गर्ने रकम समायोजित खुद सम्पत्ती मूल्यमा पुनः लगानी गर्न सकिनेछ।

लाभांश पुनः लगानी योजनामा सहभागि हुन चाहने इकाईधनीहरुले भदौ २५ गतेसम्म आफ्नो नाफा दर्ता गर्नुपर्नेछ।

IME Lifesidebar
kumari