पैँचोले ल्यायो चाडपर्व उपहार योजना
काठमाडौँ । पैँचो पसल प्रालिले चाडपर्वका अवसरमा उपहार योजना सार्वजनिक गरेको छ । सोमबार कृष्णाष्टमीबाट सुरु भएको उपहार योजना तिज, दसैँ, तिहार, छठ हुँदै क्रिसमससम्म सञ्चालन हुने छ ।
पैँचो पसलका उत्पादन खरिद गर्दा यो उपहार योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ । आफ्ना ग्राहकलाई यसअघि पनि विभिन्न अफर र उपहार दिँदै आएको पैँचोले चाडपर्वमा थप ५० उपहार घोषणा गरेको हो ।
पैँचोका प्रमुख बजार व्यवस्थापक लक्ष्मण गैरेले चाडपर्वलाई उत्सव र खुसियाली बनाउने उद्देश्यसहित चाडपर्व अफर ल्याइएको जानकारी दिनुभयो ।
उपहार योजना भदौ १० देखि पुस १० गतेसम्म लागु हुने छ । पुरस्कारको घोषणा पैँचो पसलको वार्षिकोत्सव पुस १५ गते घोषणा गर्ने कम्पनीले जनाएको छ ।