sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

मुक्तिनाथ क्यापिटलले खातावालाहरूलाई  डिम्याट खाता नवीकरण गर्न  आग्रह

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले डिम्याट (हितग्राही) खाता नवीकरण गर्न खातावालाहरूलाई आग्रह गरेको छ ।

कम्पनीले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकका शाखा कार्यालयहरू बाट डिम्याट खाता खोली धितोपत्र कारोबार गर्दै आइरहेका खातावालालाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

डिम्याट खातावालाहरूले प्रत्येक आथिक वर्षको १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने प्रावधान रहेको छ ।

यो रकम यही असार मसान्तभित्र मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक वा लुम्बिनी विकास बैंकमध्ये आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा बुझाउन सकिनेछ ।

मेरोशेयर प्रयोगकर्ताहरूले मेरोशेयर लगइन गरी विद्युतीय भुक्तानी माध्यमबाट शुल्क बुझाउन सक्नेछन ।

साथै, एक हजार ९९९ रुपैयाँ भुक्तानी गरी यस क्यापिटलबाट संचालित आजीवन डिम्याट र मेरोशेयर खाता योजनाको सुविधा लिई वार्षिक रुपमा नवीकरण गर्ने झन्झटबाट मुक्त हुन सकिने क्यापिटलले जनाएको छ ।

gold
kumari bank
nawakantipur long