macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

ज्योति क्यापिटलको अध्यक्षमा प्रकाश बराल नियुक्त 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको पौष १ गते आईतबार सम्पन्न सञ्चालक समितिको ४५औं बैठकले ज्योति विकास बैंकबाट सञ्चालक मनोनित भई आउनु भएका बैंकका नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश बराललाई क्यापिटलको अध्यक्ष पदमा नियुक्त गरेको छ ।

बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा १४वर्ष भन्दा बढीको अनुभव बोकेका प्रकाश बराल २०८० पौष १ गते देखि लागु हुने गरी यस ज्योति क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा चयन हुनु भएको छ ।

प्रकाश बरालसंग भारतको बिडिओ इन्टरनेशनलका साथै नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड तथा एनआई सी एशिया बैंक लिमिटेडको उच्च व्यवस्थापनतहमा कार्य गरेकोे अनुभव रहेको छ ।

यसका साथै, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा समेत सञ्चालकको भूमिका निर्वाह गर्नु भएका बरालको अन्य विभिन्न संस्थाहरुमा समेत सफलकार्य गरेको अनुभव रहेको छ ।

भारतको आई.सि.ए.आईबाट चार्टर्ड एकाउन्टेन्सी गर्नुभएकाश्री प्रकाश बरालले त्रिभुवन विश्वविद्यालयबाट एलएल.बि को साथै अर्थशास्त्रमा स्नातकोत्तर समेत गर्नुभएको छ ।

नवनियुक्त सञ्चालक समितिका अध्यक्ष प्रकाश बरालको यस क्षेत्रमा रहेको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसायविस्तार एवं क्यापिटलबाट प्रदानगरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्नु हुनेछ भन्नेमा यस क्यापिटल विश्वस्त रहेको छ ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ ।

हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको यस क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ

himalayan life insurance
igi long
NTA long ad